अभिभावकहरुकालागि विशेष कार्यक्रम

यही मिति २०८० साल भाद्र १६ गते शनिबारका दिन तानसेन पाल्पास्थित सिद्धिविनायक एकेडेमीको आयोजनामा सञ्चालन भएको अभिभावक सचेतना तथा उत्प्रेणात्मक कार्यक्रम भव्यता एवं सफलतापूर्वक सम्पन्न भयो ।
उक्त कार्यक्रमका सहजकर्ता तथा उत्प्रेरक वक्ता जय बहादुर मल्लले उपस्थित सम्पूर्ण अभिभावकहरुका लागि आफ्ना नानीवावुहरूलाई सानै उमेरदेखि कसरी उनीहरूलाई स्वावलम्वी, अनुशासित, आशावादी, सक्षम, कर्तव्यनिष्ठ, सहयोगी बनाउन सकिन्छ र आफ्ना नानीवावुहरूलाई पैसा होइन, समय दिन जरुरी छ, उनीहरूको भावनालाई कसरी सम्बोधन गर्ने, आधारभुत सिकाइलाई कसरी आफ्नो घरमा नै सहज तरिकाले सिकाउन सकिन्छ भन्ने कुराको अवगत गराउ“दै एकजना विद्यार्थीलाई सही तरिकाले ज्ञान प्रदान गर्नका लागि अभिभावक, शिक्षक र विद्यालय प्रशासनको बीचमा एकआपसमा समन्वय कायम गरी अगाडी बढ्दा अपेक्षित नतिजा हासिल गर्न सहज हुन्छ भन्ने कुरा अभिभावक, शिक्षक र विद्यालय प्रशासनका व्यक्तिहरूलाई समावेश गरी एउटा रमाईलो खेलको माध्यमबाट प्रष्ट पार्नु भएको थियो ।
हाल अधिकांश बालबालिकाहरूमा मोबाइलको लत लागेको भन्ने अभिभावकहरूको गुनासोको सम्बन्धमा नानीवावुहरूलाई मोबाइलको लत लाग्नबाट जोगाउनका लागि अभिभावकहरूले नै सचेत भई उनीहरूले देख्नेगरी वा नजिकै बसेर मोबाइलको प्रयोग नगरिदिने, मोबाइलको लत बसिसकेको अवस्थामा विस्तारै धैर्यपूर्वक समय सीमा तयार गर्न लगाइ उक्त लतलाई कम गर्ने प्रयास गर्ने, उनीहरूलाई मनपर्ने खेलकूद, नृत्य, संगीत आदिका लागि उचित वातावरण बनाइदिने, उनीहरूको कुरा सुनिदिने, घर व्यवहारका कुराहरू विस्तारै सिकाउ“दै जाने, सानोतिनो काम बच्चालाई आफै गर्न दिने, बजेटको बारेमा सिकाउने प्रयास गर्ने र नानीवावुहरूको बढी समय घरमा आफनो अभिभावकस“गै बित्ने र उनीहरूले आफ्ना अभिभावकहरूलाई नै रोल मोडल मान्ने भएकाले एक सफल रोल मोडल बन्नका लागि प्रयास गर्नुपर्ने, उनीहरूले कसैले भनेको कुरा मान्ने भन्दापनि आफ्नो वरिपरीको परिवेशबाट सिको गर्न खोज्ने भएकाले घरमा उनीहरूले देख्नेगरी कुनैपनि प्रकारका खराब आचरणहरू नगरिदिनकालागि पनि अनुरोध गर्नुभएको थियो ।


कार्यक्रमको शुरुमा विद्यार्थीहरुबाट स्वागत नृत्य प्रस्तुत गर्नूका साथै कार्यक्रमको बीचमा पनि विद्याथीहरूको सुन्दर नृत्यले उपस्थित सम्पूर्ण अभिभावकहरूलाई मन्त्र मुग्ध बनाउदै भरपुर मनोरञ्जन प्रदान गर्न सफल भएको थियो
कार्यक्रमको पश्चात अभिभावक संघका अध्यक्ष श्री झपेन्द्र पाल्पा जिल्लाको इतिहासमै प्रथम पटक सिद्धिविनायक एकेडेमीले अभिभाकहरूकालागि यति महत्वपूर्ण कार्यक्रमको आयोजना गरी थुप्रै बालबालिकाहरूका लागि आफूहरूलाई थाहा नै नभएको धेरै कुरा सिक्न पाएकोमा विद्यालय प्रशासन र उत्पे्ररक वक्ता जय बहादुर मल्ललाई विशेष धन्यवाद प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्ता खाले कार्यक्रमहरू विद्यालयले संचालन गर्दै जावस भन्ने अपेक्षा राखेको समेत बताउनु भएको थियो । कार्यक्रमको समापनको समयमा उपस्थित सबैको सामुहिक रमाइलो नृत्यले वातावरण उल्लासपूर्ण बनेको थियो ।
कार्यक्रमको समापनको अवसरमा विद्यालयका संचालक श्री भुवन ज्ञवालीले यस कार्यक्रमका उत्प्रेरक वक्ता जय बहादुर मल्ल, यस कार्यक्रम संचालन गराउनका लागि विशेष समन्वयकारी भूमिका निभाउनुहुने स्थानिय श्री अरुण कुमार श्रेष्ठ र विशेष उपस्थितिकालागि धनगढीबाट आउनुभएका श्री इन्द्र साउद लाई विशेष सम्मान स्वरुप पाल्पाली ढाकाटोपी लगाइदिनु भएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी संस्थापक प्रिन्सिपल मञ्जु कुवंरले गर्नु भएको थियो । कार्यक्रमको मूख्य अतिथिको रूपमा पाल्पा जिल्ला प्याब्सनका अध्यक्ष श्री महेश ब्रजाचार्य ज्यूको पनि उपस्थिति थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top